नेपालगन्जको सिमाबर्ती बजार रुपैडिहामा ट्याङ्करको ठक्करबाट २ नेपाली महिलाको ज्यान गयो
प्रकाशित मिति : २०७६, २४ श्रावण शुक्रबार २१:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जको सिमाबर्ती बजार रुपैडिहामा ट्याङ्करले ठक्कर दिदा २ जना नेपाली महिलाको ज्यान गएको छ। घरायसी सामन खरिद गर्न शुक्रबार भारतीय सिमा बजार रुपैडिहा पुगेका बाँके कोहलपुरका २ नेपाली महिलाहरुलाई ट्याङकरले ठक्कर दिएको हो।
Advertisement
रुपैडिहाबाट नेपालगन्ज फर्कदैं गरेको अवस्थामा आशा सिंह भट्टराई र जुनु थपलिया सवार भे ४ प ३८२४ नम्बरको मोटरसाईकललाई नेपाली ट्याङकरले ठक्कर दिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ । ठक्करबाट मोटरसाईकल चालक भट्टराईको घटनास्थलमै ज्यान गयो भने थपलियाको उपचारका क्रममा मृत्यु भएको रुपैडिहा प्रहरीले जनाएको छ ।
ठक्कर दिएलगत्तै ट्याङ्करले किचेका करण आशाको ज्यान गएको हो । रुपैडिहा प्रहरीले ट्याङकरको चक्का निकालेर भट्टराईको शव बाहिर निकालेको थियो । मृतक दुबैलाई पोष्टमार्टमकालागि भारतको बहराईच लगिएको छ ।घटनाको बाँके प्रहरीले पुष्टि गरेको छ । घटना स्थल भारतमा पर्ने भएकाले घटना सम्बन्धि सम्पूर्ण कारबाहि प्रक्रिया भारतीय प्रहरीकै मातहतमा रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।