नेपालगन्ज भन्सार गुल्मद्वारा दश क्विन्टल अबैध छोहारा बरामद
प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार ११:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज भन्सार गुल्मको टोलीले ठुलो परिमाणमा अबैध छोहारा बरामद गरेको छ।भारतबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको दश क्विन्टल छोहारा भन्सार गुुुल्म गस्तीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
नेपालगञ्ज भन्सार ४० नम्बर गुुुल्मबाट गएको गुल्म ४० का सशस्त्र प्रहरी नायव उपरिक्षक नबराज बोहराको कमाण्डमा गस्तीमा निस्केको टोलीले राती ११ बजे पिप्रहवाको नयाँबस्ती क्षेत्रको दशगजा नजिकै स्थानीय देवीप्रसादको घर पछाडि लुकाएर राखेको अवस्थाम २० बोरा छोहरा नियन्त्रणमा लिएको हो ।
Advertisement
भन्सार कर्मचारीसहितको राजस्व नियन्त्रण गस्तीमा निस्केको सो टोलीले बरामद गरेको सो छोहाराको मुल्य करिव १ लाख ५० हजार रहेको बताईएको छ । भन्सार छली नेपालगञ्ज ल्याउनलाई खरले छोपेर राखिएको अवस्थामा सो छोहरा गस्तीमा निस्केको टोलीले नियन्त्रणमा लिएको थियो ।
पर्वहरु नजिकिदै गर्दा सीमा क्षेत्रमा भन्सार छलेर विभिन्न प्रकारका सामान नेपाल भित्र्याउने तथा नेपालबाट भारत लैजाने कार्यमा सक्रिय विरुद्ध गस्ति परिचालन गरिदा सफलता प्राप्त भएको हो ।