बालुवा झिकेको खाल्डोमा परि दुईजनाको मृत्यु, तीन डोजरमा आगजनी
प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार १४:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गजुरी। बालुवा तस्करले बालुवा चोर्दा बनाएका खाल्डोमा परि दुईजना युवकको मृत्यु भएको छ। युवकहरुको मृत्यु पश्चात् स्थानियहरुले डोजरमा आगजनी गरेका छन्। धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका ६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ।
Advertisement
खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका ७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो।
बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर युवाहरूको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले डोजरमा आगजनी गरेका छन्। तीन वटा डोजरमा आगो लगाइदिएका हुन्।
बालुवा तस्करले राती खोलाबाट बालुवा निकाल्दा खाल्डो बनेको त्यो खाल्डोमा पानी भरिएको थियो। स्थानीय बासिन्दाले दोषीलाई कारबाहीको माग गरेका छन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।