नेपालगञ्जमा महामारीले ५० बढि बाख्रा मरे
प्रकाशित मिति : २०७६, २६ श्रावण आईतवार १०:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्ज उप–महानगरपालिका २३ मा बाख्रामा महामारी फैलिएपछि उप–महानगरपालिकाले निशुल्क आकस्मिक पशु स्वास्थय शिविर संचालन गरेको छ ।
Advertisement
नेपालगञ्ज उप–महानगरपालिकाको पशु सेवा शाखाले महामारी फैलिएको स्थानमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको सहकार्यमा वडामा आकस्मिक निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको छ ।
करिब दुईसातादेखि फैलिएको महामारीले ५० बढि खसि र बाख्रा मरेको वडा अध्यक्ष मोहम्मद हुसेन शेषले जानकारी दिनुभयो ।
बाख्रामा पखाला लाग्ने, नाकबाट सिगान बग्ने, आँखामा चेप्रा पर्ने, खोक्ने लक्षण देखिएको छ । शिविरमा किसानहरुले विरामी भएका र नभएका सबै खसिबोका र बाख्रा स्वास्थ्य परिक्षणका लागि ल्याएको उप–महानगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लक्ष्मी शाहीले जानकारी दिनुभयो । शाहीले बाख्रामा देखिएको रोगको लक्षणका आधारमा पिपिआएर रोग लागेको हुन सक्ने अनुमान गरिएको बताउनुभयो । वडा नम्बर २३ को भज्जिपुर्वा र जंगलीसिंहपुर्वामा दुई स्थानमा निशुल्क स्वास्थय शिविर संचालन गरिएको हो । शिविरमा ११७ घरधुरीका ८६४ वटा खसिबोका र बाख्राको स्वास्थ्य परीक्षण गरि औषधी उपचार गरिएको छ । शिविरमा अस्पतालका पशु चिकित्सक डा. गणेशबहादुर पुनसहित ११ जना पशु स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।