आज मुस्लिम धर्माबलम्बीले देशभर बकर इद मनाइदै
प्रकाशित मिति : २०७६, २७ श्रावण सोमबार १०:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आज मुस्लिम धर्माबलम्बीले देशभर बकर इद मनाउँदै छन् । नेपालगन्जमा पनि बकर इद धुमधाम सग मनाइदै छ। नेपालगन्जको बिपी चोकस्थित इदहागमा गएर मेयर डा. धवल शमशेर राणाले मुस्लिम समुदायका ब्यक्तिहरुलाई अन्कमाल गर्दै शुभकामना दिनुभएको थियो। यसैगरी उप-प्रमुख उमा थापा मगरले समेत मुस्लिम धर्माबलम्बी बकर इदको शुभकामना दिनुभएको छ। उप-प्रमुख मगरले आजको दिन सगै सबैमा भाइचाराको सम्बन्ध होस् भन्ने कुरा समेत बताउनु भयो।त्यस्तै नेपालगन्ज वडा. नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले समेत शुभकामना दिनुभएको हो। अध्यक्ष बेहनाले प्रदेश ५ र प्रदेश २ ले आज सार्वजनिक बिदा दिदा संघीय सरकारले बिदा घोषणा नगर्नु दुखद कुरा रहेको बताउनु भएको थियो। बकर इद मिलन कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देबकोटाले समेत मुस्लिम धर्मालम्बीहरुलाई शुभकामना दिनुभएको थियो।इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।
Advertisement