पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने जो कोहि होस् छोडिदैन् :एसपी मल्ल-चितवन
प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार १८:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन ।पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले आत्महत्याको दुरुत्साहन प्रमाणित भए जो कोहीलाई पनि कारवाही गर्ने बताएका छन् । उनले भने,आत्महत्याको लागि दुरुत्साहन गर्ने रवि लामिछाने मात्र होइन,जो कोही भएपनि कानुनी कठघरामा ल्याइन्छ । उनले कानुन भन्दा माथि कोही नरहेको भन्दै अनुसन्धान तीब्र पारिएको दावी गरे।घटना स्थलबाट संकलन गरेका प्रमाणहरु विश्लेषण गरिरहेका छौं,उनले भने, पोष्टमाटम र मोवाइल रिपोर्ट आज वेलुका सम्म आइपुग्छ । रिपोर्ट हेरेपछि मात्र अनुसन्धानलाई कुन रुप दिने भन्ने तय हुने उनले बताए ।भिडियो हामीले सार्वजनिक गरेका होइनौं,एसपी राठौरले भने,यो हाम्रो नैतिकता भित्र पर्दैन । हामीले अनुसन्धान गर्नुपर्ने कुरा यसरी बाहिर ल्याउँदैनौ ।हिजो बुधवार सार्वजनिक भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका छन् ।
Advertisement
नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो।
समाचार पोर्टल नेपाल आजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ को कार्यक्रम ’सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
यस्तै पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन् । ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु ।
मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
# नारायणी अनलाइनबाट।