नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा नयाँ आधुनिक भवन बन्दै
प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार ०६:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सांकेतिक तस्बिर
नेपालगञ्ज । बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ ब्यापारिक भवन बनाउन सुरु गरेको छ ।
Advertisement
नेपालगञ्जमा सडक विस्तारको क्रममा बागेश्वरी मन्दिरको ब्यापारिक सटरहरु रहेको भवन भत्किएपछि ब्यवसायीहरुको अनुरोधमा नयाँ भवन निर्माण सुरु गरिएको बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । ।
बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले बागेश्वरी मन्दिरको सटरमा पाँच दशक भन्दा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आएका ब्यवसायीको
अनुरोधमा ब्यापारिक भवनको निर्माण सुरु गरेको हो । विगतमा ब्यापारिक सटर भत्काइएको स्थानमै सपिङ्ग कम्पलेक्स बनाउन लागिएको हो ।
पहिलो तल्लामा १७ वटा सटर निर्माण हुनेछन् । ९३ लाख रुपियाको लागतमा भवन निर्माण कार्य सुरु भएको हो । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा माथिल्लो तल्लामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो। सपिङ कम्पलेक्स निर्माण सम्पन्न भएपछि मासिक दुईलाख रुपिया बागेश्वरी मन्दिरलाई आम्दानी हुने भएकाले मन्दिर आत्मनिर्भर पनि हुने उहाँले बताउनुभयो ।
मन्दिर छेउको जग्गा खाली राख्नुपर्ने सुझाव आईरहँदा अध्यक्ष राणाले ५०÷६० बर्षसम्म पसल ब्यवसाय गरेर बसेका ब्यक्तिहरुको रोजरोटी खोस्नु हुदैन भन्ने लागेर सपिङ्ग कम्पलेक्स सुरु गरिएको बताउनुभयो । सपिङ्ग कम्पलेक्सका लागि ब्यवसायीले समेत आर्थिक सहयोग गरेका छन् ।