बागेश्वरी मन्दिर छेउँमा सपिङ्ग कम्प्लेक्स बनाउने योजना होइनःगुठी व्यवस्थापन समिति
प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार १७:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बागेश्वरी गुठी व्यवस्थापन समितिले बागेश्वरी मन्दिरको छेउँमा दक्षिणतर्फ सपिङ्ग कम्प्लेक्स बनाउन नलागेको स्पष्ट पारेको छ । समितिले आज विज्ञप्ति जारी गरेर त्यस ठाउँमा सपिङ्ग कम्प्लेक्स बनाउने कुनै योजना नरहेको स्पष्ट पारेको हो ।
Advertisement
समितिका सचिव गोपाल प्रसाद अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा मन्दिरको छेउँमा मन्दिरलाई नै प्रतिकुल असर पार्ने गरी सपिङ्ग कम्प्लेक्स निर्माण हुन लागेको भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त चासो र चिन्ताप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा त्यहाँ कुनै सपिङ्ग कम्प्लेक्स बनाउने योजना नरहेको र भविष्यमा पनि नबनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । बाटो विस्तारका क्रममा भत्काइएका सटरहरुको ठाउँमा भने मन्दिर क्षेत्र अतिक्रमण नहुने गरी नयाँ सटर बनाइने जनाइएको छ । पूर्ववत् १७ सटर, मूल महन्तको कार्यालय, विशिष्ट अतिथि कक्ष र सत्संग भवन भने बनाउन लागिएको भन्दै विज्ञप्तिमा यसले पहिले भन्दा मन्दिर क्षेत्र खुला रहनुका साथै मन्दिरको सुरक्षा र गोपनियता पनि हुने दाबी गरिएको छ ।
मन्दिर छेउँमा सपिङ्ग कम्प्लेक्स बनाउन नहुने भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आवाज उठेपछि समितिले विज्ञप्ति निकालेको हो । समितिको विज्ञप्तिपछि पनि सपिङ्ग कम्प्लेक्स मात्र नभई अब कुनै पनि भौतिक संरचना मन्दिर छेउँमा निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।