पुस्तक व्यवसायी संघ बाँकेको रक्तदान, ३० जनाले दिए रगत
प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार १३:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आज नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेको केन्द्रकी स्टाफ नर्स गुञ्ज कनोजियाले जानकारी दिनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवेदीले संघले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताउनुभयो । ‘रगत अभावले कुनै पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, रगत दान गर्ने संस्कारलाई बढवा दिन हामीले संस्थागत रुपमा रक्तदान कार्यक्रम राखेका हौं,’ अध्यक्ष सुवेदी भन्नुभयो । क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले पछिल्लो समय संघसंस्थाहरुले बाक्लै मात्रामा रक्तदान कार्यक्रम गरिरहँदा रगत अभावको समस्या झेल्नु नपरेको बताउनुभयो । उहाँले महिला रक्तदाता भने अझैं पनि अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभयो ।
Advertisement