दाङको गोल्टाकुरीमा नेकपाका पाँच दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश "कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री गिरीद्वारा स्वागत "
"कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री गिरीद्वारा स्वागत "
प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार २१:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ बाँकीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर पाँच दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री दिपक गिरीले उनीहरुलाई अबिर र फूल मालाले स्वागत गर्दै नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको हो । शेरबहादुर वली, जलबीर चौधरी, शेर बहादुर चौधरी, सुवेन्द्र चौधरी, सीता डाँगी, ललित बहादुर डाँगी लगायतका नेता कार्यकर्ता कांग्रेस प्रबेश गरेका हुन् । साविकको गोल्टाकुरी गाउँ इकाई कमिटिको आयोजनामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै पूर्वमन्त्री गिरीले जनभावनाको कदर गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताउँदै दुई तिहाईको सरकारको क्रियाकलापले जनतामा निराशा मात्रै छाएको उल्लेख गर्नुभयो । नवप्रवेशीहरुलाई पार्टीमा उचित स्थान र सम्मान दिइने बताउँदै गिरीले मंसिरमा हुने उपनिर्वाचनमा कांग्रेसको जोसुकै उम्मेदवार भएपनि सबै मिलेर जिताउनुपर्ने बताउनुभयो । नेकपालाई जिताएर दंगालीहरु अहिले पछुताएको भन्दै केन्द्रिय सदस्य गिरीले क्षेत्र नम्बर ३ ‘ख’ मा हुने उपनिर्वाचन अब पार्टीका लागि सुनौलो अवसर हुने बताउनुभयो । कांग्रेसको संगठन बलियो रहेको र कांग्रेसलाई माया गर्ने जनता धेरै भएको बताउँदै गिरीले यसअघि प्राविधिक कारणले ब्यहोरेको हारको बदला मंसिरमा एउटा क्षेत्रमा मात्र हुने निर्वाचनबाट भएपनि लिनुपर्ने भएकाले सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । गाउँ इकाई सभापति प्रकाशमान वलीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला पार्टी सभापति कृति बहादुर खड्का, सचिव शंकर डाँगी, क्षेत्रीय सभापति जगत बहादुर खड्का, नेताहरु शंकर गिरी, केशब आचार्य, यज्ञ बहादुर विष्ट लगायत उपस्थित हुनुहुन्थ्यो ।
Advertisement