पत्रकार पुडासैनी पत्नी सम्झनाले रबिसहित तिनैजना बिरुद्ध दिईन किटानी जाहेरी
प्रकाशित मिति : २०७६, १ भाद्र आईतवार १५:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन ।पत्रकार शालिकराम पुडासैनीकि श्रीमती सम्झना घिमिरे पुडासैनीले रबि लामिछाने लगायत युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनि आफै उपस्थित भएर उजुरी दिएकी हुन् ।
Advertisement
आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने, कंडेल र कार्की गतशुक्रबार पक्राउ परिसकेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ। सम्झनाले आफ्ना मृतक पति शालिकरामको शनिबार १३ दिनको काजक्रिया सकेर आज (आइतबार) उजुरी दिएकि हुन् ।
सम्झनाले दिएको किटानी जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छिन् ।अदालतले रबिसहित कंडेल र कार्कीलाई पाँच दिन म्याद थप गरि अनुशन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।