पत्रकार पुडासैनीको झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख
प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलवार १३:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन । पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ। उनको झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको मल्लले बताए ।
Advertisement