नेपालगञ्जका दुई स्थानमा स्वास्थ्य सेवा केन्द्र संचालनमा
प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलवार २०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा आएको छ । मङ्गलबार केन्द्रको उद्घाटन गर्दै वडा अध्यक्ष जुम्मन खाँले हरेक वडाबासीको स्वास्थ्य सेवाप्रति वडा कार्यालय सधै सचेत रहेको बताउनुभयो ।
Advertisement
स्वास्थ्य सबैभन्दा पहिलो आवश्यकता हो, वडा अध्यक्ष खाँले भन्नुभयो,– स्वास्थ्य केन्द्रका लागि वडा कार्यालयले सधै सहयोग गर्नेछ ।उहाँले वडा कार्यालयसँगै केन्द्रको भवन निर्माणका लागि पहल भईरहेको बताउनुभयो ।
नेपालगञ्ज उप–महानगरपालिकाका सिनियर अहेक अधिकृत हरिहर तिवारीले नगरभित्रका सबै २३ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना हुनेक्रममा रहेको बताउनुभयो । अब वडा नम्बर ११ मा मात्रै आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालन हुन बाँकी रहेको जानकारी दिदै उहाँले यसैबर्ष त्यहाँपछि केन्द्र संचालनमा आउने बताउनुभयो ।
मंगलबार नै नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर ९ मा पनि स्वास्थ्य केन्द्र संचालनमा आएको छ । वडा अध्यक्ष विष्णु लामाले आधारभुत स्वास्थ्य सेवा केन्द्रको सुभारम्भ गर्नुभयो ।