संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै अनुसन्धान गर्न दोश्रो पटक पाँच दिनको म्याद थप
प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलवार २१:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन । संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न दोश्रो पटक पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले आज लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।
Advertisement
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गर्नुभएको हो । उनिहरुलाई पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका कारण पक्राउ गरिएको थियो।