रवि लामिछाने पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध किटानी जाहेरी
प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार १५:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन्।
Advertisement
पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक एबम नेपाल प्रेस काउन्सिलका कार्य बहाक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्।
उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो। ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने। यता चितवनमा अदालतले रबिसहित ३ जनालाई थप ५ दिन म्याद थप गरि अनुशन्धान गर्न आदेश दिइसकेको छ।