“वडाको बिकास नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो”: अध्यक्ष सुवेदी
प्रकाशित मिति : २०७६, ५ भाद्र बिहीबार ११:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। “वडाको बिकास नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो, म वडाबासीको सेवक हु” भन्ने हुनुहुन्छ नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष बुद्दि सागर सुवेदी । युवा नेता बुद्धि सागर सुवेदीले मेडिकल ल्याव टेक्नोलजीमा स्नाकोत्तर (एमएस्सीरएमएलटी) गर्नुभएको छ। तर सानैदेखिको रुचीका कारण सुवेदी राजनीतिमा आउनुभयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेद्धारी दिनुभएका सुवेदी नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँको क्रियाशिलता पनि बढेको छ। बुवा स्व। चेतनाथ र आमा स्व। गंगादेवीका सन्तानको रुपमा २०३० साल बैशाख २३ गते बर्दियाको जमूनीमा जन्मनुभएका सुवेदीले प्रवेशिका परीक्षा जमूनीबाट उत्तिर्ण गर्नुभएको हो । सोहीक्रममा सुवेदी शिक्षक नारायण पराजुलीको प्रभावबाट राजनीतिमा प्रवेश गर्नुभयो । बर्दियाबाट नेपालगञ्जमा उच्च शिक्षा अध्ययनका लागि आएपछि सुवेदी नेविसंघमा आवद्ध हुनुभयो । मब क्याम्पसका बिएसी पढाई हुनुपर्ने माग गर्दै उहाँ अनसनमा समेत बस्नुभयो । प्रविणता तह नेपालगञ्जबाट उत्तिर्ण गर्नुभएका सुवेदीले मणिपाल कलेज बेंग्लोरबाट मेडिकल ल्यावमा स्नातक र पंजावबाट स्नाकोत्तर उत्तिर्ण गर्नुभएको छ ।
Advertisement
परिवार नै स्वास्थ्य क्षेत्रमा संलग्न रहेपनि सुवेदी भने सानैदेखिको रुचीका कारण राजनीतिमा आएको बताउनु हुन्छ । उहाँ २०४६ सालको जनआन्दोलनमा समेत सहभागी हुनुभएको थियो । भारतबाट पढाई सकेर फर्केपछि २०६२र६३ सालको जनआन्दोलनमा सहभागी सुवेदी हाल काँग्रेस बाँकेको जिल्ला कमिटी सदस्य हुनुहुन्छ । लामो समयसम्म जनप्रतिनिधीको अभावमा समाजमा विकासको काम नभएको देखेर राजनीतिमा आएर केही काम गर्ने सोच आयो, सुवेदीले भन्नुभयो,– निर्वाचित भएर आएपछि जनताको काममै दिनरात बित्ने गरेको छ । उहाँ आफुलाई समाजमा केही गर्नका लागि समय र परिस्थितीले राजनीतिमा ल्याएको बताउनु हुन्छ । सुवेदी दुईबर्षे कार्यकालमा सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । पिसिसी सडकसँगै १२ मिटरको नयाँ सडक खोल्न सकेको बताउनुभयो । वडामा रहेका बागेश्वरी र बाल्मिकी आधारभुत विद्यालयलाई मर्ज गरि मावि बनाउने वडा कार्यालयले लक्ष्य लिएको छ । माविका लागि आवश्यक पूर्वाधार निर्माणको तयारीसँगै वडाले हाल आधारभुत तहमा शिक्षकका लागि सहयोग गरेको छ ।
सबै सूचक पुरा भईसकेका कारण वडालाई माघसम्म बालमैत्री वडा बनाउने लक्ष्य राखेको छ । यसैगरी बाल उद्यान र फुटल निर्माण गर्ने प्रमुख योजना रहेको छ । अब बाँकी रहेको कार्यकालमा सबै मुख्य सडक निर्माण गरि पिसिसीको समेत काम सक्ने लक्ष्य राखिएको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । सडक निर्माण गरिदा नाली निर्माण समेत गर्ने गरिएको छ । वडाको सुधारका लागि स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिएको सुवेदीको भनाई छ । सरसफाईका लागि सथानीय बासिन्दाको सहयोगमा ट्याक्टर खरिद गरिएको छ । बेलासपुरमा खोप केन्द्र समेत संचालन गरिएको छ । वडाबासीको सहयोग र सहकार्यमा लागु औषध विरुद्ध सचेतनामुलक कार्यक्रम समेत संचालन भईरहेको छ । वडाभित्रका विपन्न समुदायका ५ जना जेहन्दार बालबालिकालाई वडा कार्यालयले शैक्षिक सहयोग गर्दै आएको छ । नगरभित्रको वडा नम्बर १२ ले आप्नै भवन निर्माण गरि कार्यालय संचालनमा ल्याएको छ । सबै वडाबासीको साथ र सहकार्यमा काम भईरहेको सुवेदीले बताउनुभयो ।
उहाँले हालसम्म वडाको विकास निर्माणका लागि सबै वडाबासी र राजनीतिक दलबाट राम्रो साथ र समर्थन पाएको बताउनुभयो ।