संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको चितवन जिल्ला अदालतमा बयान लिइँदै
प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार ११:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन । संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान लिइँदैछ ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ । आइतबार अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । आज लामिछाने र कँडेलसँग बयान लिनेछ । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । बयान सकिएपछि उनिहरु रिहा हुने या जेल जाने भन्ने बारेमा अदालतले निर्णय गर्ने छ।
Advertisement