कृष्णसार एफएमको नाचौं तीजको सिजन ७ को फाइनल आज नेपालगन्जको सुनाखरीमा
प्रकाशित मिति : २०७६, १५ भाद्र आईतवार १२:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन ७ को फाइनल आज नेपालगन्जमा हुुदैछ। फाइनलप्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समूहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिनुभयो ।
भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिसनवाट ५ जना, बर्दियाकै गेरुवामा १० गते भएको अडिसनवाट ५ जना, ११ गते बाँकेको खजुरामा भएको अडिसनवाट ११ जना र बाँकेकै बैजनाथ गाउँपालिकामा शनिबार भएको अडिसनवाट ७ वटा गरी २८ समूह फाइनलका लागि छनोट भएका छन् ।
बैजनाथ अडिसनमा विद्यालय, क्लब गरी १८ वटा समूहको सहभागिता थियो । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले अडिसनमा पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
बैजनाथ अडिसनमा नृत्य निर्देशक कुलमान नेपाली र नरेन्द्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । नेपालगन्जको वीपी चोकस्थित सुनाखरी रेष्टुरेण्टमा आइतबार १ बजे नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट फाइनल प्रतियोगिता शुरु हुनेछ । छनोट चरणमा १० हजारसम्मको नगद पुरस्कार वितरण गरिएको छ भने फाइनल प्रतियोगितामा ५० हजार रुपियां सम्मका नगद पुरस्कार राखिएको एफएमले जनाएको छ ।
तीज नृत्यमा निष्पक्ष मुल्याङ्कन होस् भनेर राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त कलाकारहरुलाई निर्णायकमा राखिएको छ । यस पटक पनि चर्चित नृत्य निर्देशक कुलमान नेपाली मुख्य निर्णायकमा रहनु भएको छ ।
नेपाली महिलाहरुको महान चाड तीजको संरक्षण संगै नृत्य क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले नाचौं तीज प्रतियोगिता नियमित रुपमा गरिरहेको एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिनु भयो । नियमित सञ्चार कर्मका साथै कला क्षेत्रमा छरिएर रहेका प्रतिभाहरुको खोजी गरी उनीहरुमा भएको क्षमता प्रस्फुटनमा भूमिका खेल्न मिडियाबाट सकेको कोशिस गरिरहेको अधिकारीको भनाइ छ ।
Advertisement