गाई मार्नुमा को दोषी!
प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार १८:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
प्रकाशमान सिंह । देशको राष्ट्रिय जनावरको जुन किसिमले बरबरतापुर्ण हत्या गरियो, त्यो शब्दमा बयान गर्न गाह्रो छ।राज्यका ८० प्रतिशत भन्दा बढी हिन्दु जनसंख्याले धार्मिक आस्थाका रुपमा माताको उपमा हेर्ने गरेको पशुमाथी गरिएको क्रुर र अमानवीय व्यवहारप्रति घोर भर्त्सना गर्न जरुरी नै छ।
गएको हप्ता बाकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेख तर्फ लैजादै गरिएका २९१ गाई मध्य ३५ गाईलाई भिरबाट खसालेर मारिएको घटनाले यतिबेला सर्बत्र बहस र चासोको बिषय बनिरहेको छ।सोही घटनाका सन्दिग्दहरुलाई अनुसन्धानका लागि समानित जिल्ला अदालतले ७ दिनको म्याद दिइसकेको छ। सुर्खेत प्रहरीले ५ जना ट्रक चालक र २ जना सह-चालकलाई गएको शुक्रबार पक्राउ गरिसकेको छ।नेपालगन्ज उपमहानगरले कान्जीहाउसमा रहेका मध्य २९१ गाई, गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरबी गाउपालिका १ को श्रिस्थान पुर्याउन खोजिएको थियो।सम्बन्धित स्थानीय तह र श्रिस्थान मन्दिर व्यवस्थापन समितिसंगको समन्वय बिनै लैजान लागिएका गाई बिरेन्द्रनगरको भेरी पुलदेखी कटकुवा क्षेत्रका विभिन्न जङ्गल र भिरमा गएको बिहीबार राती १२ बजे देखि शुक्रबार बिहान ४ बजे सम्म झारिएको भुझिएको छ।त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।
केहि दिन देखि भोकै रहेका गाईलाई उपमहानगरले एउटै ट्रकमा क्षमता भन्दा धेरै राखेर किन पठायो ? बाटोमा ल्याउदाल्याउदै ट्रकमै गाई मरेका भए नजिकको प्रहरी युनिट,स्थानीय तह र सरोकारवालालाई जानकारी किन गराइएन ? दैलेख श्रिस्थान मन्दिर व्यवस्थापन समितिसंग सम्झौता भएको भए जिबित गाईलाई किन बिच बाटो (सुर्खेत) मै झारेर ट्रक फर्किए ? त्यसैले गर्दा जहाँजहाँ भिर छ, त्यही त्यही लगेर खसाउनु भनेको सरासर अपराध हो। उपमहानगरले आफ्नो बचाउ गर्दै भिरबाट खसालिएको होइन भनेता पनि पोष्टमार्टम रिपोर्टले कटकुवा र धुलियाभिर क्षेत्रमा मारिएका गाईको पोष्टमार्ट्म रिपोर्ट अनुसार गाईहरुका खुट्टा भाचिएका मस्तिष्क र मुटुमा गम्भीर चोट देखिएको,मलद्वार बाहिर निस्किएको बताएको छ।नेपालगन्ज उपमहानगरले भनेको जस्तो मरेका गाईलाई बाटो छेउछाउमा झारिएको हो भने पोष्ट्मार्ट रिपोर्टले खुट्टा बाचिएको मस्तिष्क र मुटुमा गम्भीर चोट लागेको किन देखायो ?
कानुन कार्यन्वयन गराउने स्थानीय सरकारले कम्तीमा पनि पशु ढुवानी गर्दा अपनाउनुपर्ने सामान्य मापदण्ड पनि नअपनाउनुलाई के भन्ने ?
पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशुचौपायालाइ एक ठाउबाट अर्को ठाउ लैजादा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र,उपचार सामाग्री,हरेक गाडीमा पठाउने र पाउनेको नाम,ठेगाना,पशुको जात तथा संख्याको विवरण,पशुलोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय,पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनुपर्ने लगाएतका प्राबधान मापदण्डमा छन।
जेसुकै होस राष्ट्रिय जनावर गाईमाथी अन्याय गर्ने र गराउने दुबै पक्ष दोषी हुन।निष्पक्ष छानबिन गरि राष्ट्रको चिनारी गौ-हत्या जस्तो जघन्य अपराध गर्ने र गराउने सन्दिग्दहरुलाई कडा कारबाही गरियोस।
Advertisement