जाजरकोटमा चट्याङले गर्दा २३३ भेडा मरे
प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलवार ०९:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल फोटो
जाजरकोट । जाजरकोटमा चट्याङले गर्दा २३३ भेडा मरेका छन् ।जिल्लाको कुशे गाउँपालिकाको पाटनमा हावाहुरीसँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका हुन् । २५२ भेडा भने हराइरहेको कुशे गाउँपालिका ८, कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ ।
Advertisement