कन्टेनर चालकलाई प्रहरीले निर्घात कुटपिट गर्दा चौतर्फी आलोचना ( भिडियोसहित )
प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार १०:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसुवा। एक कन्टेनर चालकलाई प्रहरीले निर्घात कुटपिट गरेको विषयले निकै चर्चा पाएको छ।नेपाल चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन् ।
Advertisement
टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ ।भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ ।
चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याएका छन् ।यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र भन्या ?’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन् । तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन् ।भिडियो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयालाई लिएर यसको आलोचना भएको छ।http://https://youtu.be/0HOt6tS2fRQ