उडानकै क्रममा सिता एयरको जहाजको इन्जिन बिग्रेपछि काठमाडौंमा सकुशल अवतरण
प्रकाशित मिति : २०७६, १८ भाद्र बुधबार ११:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । लुक्लाबाट उडेको सिता एयरको जहाज उडानकै क्रममा एउटा इन्जिन बिग्रेपछि काठमाडौंमा सकुशल अवतरण गरेको छ।जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्।लुक्लाबाट आएको सीताको नाइनएन(एजेएचु )नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी दिएका छन्।आचार्यका अनुसार उक्त जहाज आज बिहान ८:५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो।
Advertisement