गाई प्रकरण :कहिले काहीं राम्रो काम गर्दा नराम्रो हुन जान्छ: उपमहासचिव – रोकाया
प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार ११:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघकि उपमहासचिवले गाई ब्यबस्थापन सम्बन्धमा सामाजिक सन्जाल मार्फत आफ्नो धारणा प्रकट गरेकी छिन् । उपमहासचिब तारा रोकाया खत्रीले केही दिन अघि नेपालगन्जको कान्जी घरबाट गाईहरुलाई दैलेख पुर्याउने क्रममा सुर्खेतको कटकुवामा केही गाईहरु अन्जान बस मरेको हुँदा यो विषयलाई ठुलो बहस गर्न उपयुक्त नभएको बताएकी छिन् ।उप महसचिब रोकायाले दैलेख पुर्याउन लागिएका गाईहरुलाई नियत बस कसैले मारेको होइन् तर जानी जानी गल्ती गरेको भए सजाय पाउनु पर्छ भन्ने तर्क गरेकी छिन् । ” अब कान्जी घरमा बाकी रहेका गाईहरुको उचित ब्यबस्थापन कसरी गर्ने” बताएकी छिन् । उनले लेेेखेकी छिन् -“नेपालगन्ज उपमहानगरपालिकाले राम्रो नियतले उचित ब्यबस्थापन गर्नकै लागी पेट भरी घास खान पाउने ठाउ र चिसो ठाँउ दैलेख पठाइएको होला जस्तो लाग्छ।” कहिले काहीं राम्रो काम गर्न खोज्दा खोज्दै नराम्रो हुन सक्छ, त्यसैले यो भुल बस कमजोरी भएको आफ्नो बिचार ब्यक्त गरेकी छिन्।आफू कारकादोबाट त्रिभुवन चोक पुग्दा चढेेेेेेको रिक्सा सडकमा रहेको गाईहरु सग ठोक्किएको समेत लेखीकि छिन् ।अब यसको ब्यबस्थापन कस्ले गर्ने? नेपालगन्ज उपमहानगरपालीकाले कान्जि घरमा भएका गाईहरुलाई छोडेर बाहिर पठाउने अनि भारतबाट गाई गोरु आइरहने हो भने नेपालगन्जको सडक आधा गाइ गोरुको नै हुने कुरा ब्यक्त गरेकी छिन् । उपमहानगरपालिका र स्थानियले छाडा चौपायाले गर्दा हुनेदुर्घटना बारे र उचित ब्यबस्थापन बारे गम्भीर भएर सोच्नु पर्ने कुरा बताएकी छिन् ।
Advertisement