ईलाका प्रहरी कोहलपुरद्वारा अबैध २० कुईन्टल युरिया मल बरामद
प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार १३:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले बेवारिसे अवस्थामा रहेको अबैध रासायनिक युरिया मल बरामद गरेको छ। नेपालगन्ज देखि सुर्खेत लादै गरेको बीस कुईन्टल अबैैैध रासायनिक युरिया मल बरामद गरेेेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम बहादुर शाहीले बताएका छन् । उनका अनुसार बिहिवार आकस्मिक चेक जांचका क्रममा भन्सार छली अबैैैध पैठारी गरिएको बेवारिसे अबस्थामा रहेेेको उक्त अबैध मल कोहलपुर ११ बाट बरामद गरेको हो। बरामद गरिएको अबैध युरिया मललाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको कोहलपुर प्रहरीले जनाकरी दिएको छ।
Advertisement