कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान, बाँकेका सबै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरियो
प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलवार १८:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ।वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गर्दै जागरण अभियानको सुरूआत गरेको हो।
Advertisement
जागरण अभियानका लागि कांग्रेसले सबै प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। जागरण अभियान अन्तर्गत बाँकेका ३ वटै निर्बाचन क्षेत्रमा वृक्षरोपण गरिएको छ। वृक्षरोपण अन्तर्गत केन्द्रीय प्रतिनिधिसहित सबै ठाँउमा बाँके कांग्रेस पार्टी सभापति किरण कोइरालासमेत गएर वृक्षरोपण गर्नु भएको छ।
आज क्षेत्र नम्बर २ क र ख मा सभापति कोइराला ,केन्द्रिय प्रतिनिधि भरत न्यैुपाने,मोहन सिंह राठौर लगायत प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, वडा नम्बर १३ का अध्यक्ष एबम नेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर २२ का वडा अध्यक्ष बिधाराम बर्मा, जिल्ला सदस्य सुधान्सु कोइराला, २ नम्बर निर्वाचन क्षेत्रका सभापति रमेश गुप्ता, २ क का सभापति शिव कुमार बर्मा, २ ख का सभापति अकबर खाँ, पुर्ब पार्टी सचिब रबिन्द्र हमाल, महाधिवेशन प्रतिनिधि राकेश श्रीबास्तब, सुदिप नर्सिङग राणा , निजामुद्दिन अन्सारी, राजकुमार बर्माले वृक्षरोपण गर्नु भएको थियो।
त्यस्तै वृक्षरोपण कार्यक्रममै नेपालगन्ज उपमहानगरपालिका कांग्रेस सभापति प्रशान्त बिष्ट , नगर उपसभापती धनराज बर्मा, नेबिसंघ नेपालगन्ज सभापती अनुज बर्मा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष बिरेन्द्र यादब, शिक्षक संघकै तोजिन्द्र बिक, वडा नम्बर १३ का सदस्यहरु,१२ नम्बरका सदस्य तरुण बज्राचार्य , डुडुवा गाउँपालिका ४ का इकाइ सभापति बेल बहादुर बोहरा लगायत ५० जना बढीले दुबै स्थानमा गरेर ३२० बिरुवाको वृक्षरोपण गर्नु भएको थियो।हिमाल पहाड तराई मधेस नेपाली काँग्रेसको जगारण अभियान तथा महामनाव बिपी कोईराला को १०६औँ जनम जयान्तीको उपलक्ष्यमा नेपाली काँग्रेस बाँके क्षेत्र न:२को प्रदेश क र ख को नेपालगंज उपमहानगरपालिका १३ नम्बर वडा इकाई समिति को समान्वयमा ने•रा•प्रा•वि•तेलियानपुरमा र वडा नम्बर १५ को पिप्रहवाको कबरस्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो।