लागुऔषध तस्करीको नयाँ आइडिया
प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार १५:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।गत जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा एकजना भारतीयलाई चरेससहित नेपाल प्रहरीले पक्राउ गर्यो।
Advertisement
करिब ३ किलो ७ सय १४ ग्राम चरेस बोकेर उनी नेपाल छिरेका थिए। शुक्रबार गाउँमा लाग्ने हाट बजारबाट प्रहरीले उनलाई पक्राउ गरेपछि भारतीय पक्षले चौकी नै घेरा हाले। त्यो भिड नियन्त्रणका लागि प्रहरीले केही राउन्ड फायर नै गर्नुपर्यो।
यो भारतीय सिमानाको नेपाली गाउँ हो। यहाँ हरेक साताजसो हाटबजार लाग्छ र, त्यहाँ किनमेल गर्ने धेरैजसो नेपाली हुन्छन्। तर, हाटबजारका व्यापारी भने सबैजसो भारतीय।
पहिलेदेखि नै हाटबजारमा हुने लागुऔषध कारोबारको बारेमा जानकारी पाएको प्रहरीले त्यो दिन विशेष टोली खटाएको थियो।
भारतीयले नेपाली भूमिमा भित्र्याएको यो एउटा केही ठूलो परिमाणको लागुऔषध थियो।
तस्करीको नयाँ आइडिया : ससाना पुडिया
नेपालगन्ज भन्सार देशकै प्रमुख भन्सारमध्यको एक हो। छिमेकी भारतको रुपैडिहा बजार नेपालीको किनमेल गर्ने प्रमुख भारतीय बजवार हो।
मानिसहरूको बाक्लै ओहोरदोहोर गर्ने यो भन्सारबाट साइकलबाट सामान ओसार्नेहरू पनि उत्तिकै हुन्छन्।
पैदल ओहोरदोहोर गर्ने, साइकल चढ्ने अनि मोटरसाइकल चढेर ओहोरदोहोर गर्नेहरूलाई ती नाकाहरूमा सामान्य अवस्थामा खासै चेकजाँच हुँदैन।
अनि भारतमा रहेका लागुऔषधका डिलरले यसैको फाइदा उठाउँछन्। भारतीय लागुऔषध कारोबारीले त्यस्ता साइकलबाट ओहोरदोहोर गर्ने, पैदल हिँड्नेहरूसँग ससानो मात्रामा चरेस, ब्राउन सुगर, ट्याब्लेट्सहरू पठाउँछन्।
अनि त्यसलाई पनि निकै सानो सानो पुडिया बनाएर पठाइएको हुन्छ। एकजनासँग मुस्किलकले एकरदुई पुडियामात्रै भेटिन्छ, त्यो पनि पाँच ग्रामभन्दा कमका पुडियाहरू। त्यस्तो पुडिया बोक्नेहरूले एकपटकमा दुईरचार पुडियामात्रै ल्याउँछन्। त्यो पनि प्रहरीलाई फेला पार्न मुस्किल हुन्छ।
मात्रा सानो हुन्छ तर, त्यसको कारोबार भने निकै व्यापक छ। नेपालगन्जमा धेरै युवा जमात अहिले लागुपदार्थ सेवन गर्छ। निकै कममात्रै युवा भारतीय बजारमा गएर लागुपदार्थ सेवन गरी फर्किन्छन् भने धेरैजसोले नेपालगन्जमै त्यस्ता ससाना पुडिया मगाउँछन्।
‘यस्ता साना पुडिया एकै जनाले दिनमा धेरैचोटी ओसार्छन्। पाँच ग्रामको एउटा पुडियालाई ३ हजारदेखि ५ हजारसम्ममा बेच्छन्,’ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कार्यालय नेपालगन्ज एकाइका प्रहरी निरीक्षक बीरबहादुर थापा भन्छन्, ‘दिनमा दस पुडियामात्रै नेपालगन्जमा बेचियो भने एउटै एजेन्टले दैनिक ५० हजार रुपैयाँभन्दा बढी कमाउँछ।’तर, सबै लागुऔषध प्रयोगकर्ताको एउटै एजेन्टसँग सम्पर्क हुँदैन। उनीहरूकै भाषामा ‘डिलर’सँग सानोसानो समूह बनाएरमात्रै ‘डिल’ गरिन्छ।
यो एउटा डरलाग्दो आँकडा हो। पाँच हजारकै दरले हिसाब गर्ने हो भने, दिनमा १ सय पुडियामात्रै बेच्दा ५ लाख रुपैयाँ हुन्छ।
‘कारोबार त सायद योभन्दा पनि धेरैमात्रामा हुन्छ। यो हामीले आँकलन गरेको मात्रै हो,’ प्रहरी निरीक्षक थापा भन्छन् ‘धेरैजसो युजर हुन्छन्। उनीहरूलाई हामीले समाए पनि सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउनेमात्रै हो। ठूला कारोबारी फेला पर्दैनन्।’
भारतीय लागुऔषध कारोबारीले त्यस्ता साइकलबाट ओहोरदोहोर गर्ने, पैदल हिँड्नेहरूसँग ससानो मात्रामा चरेस, ब्राउन सुगर, ट्याब्लेट्सहरू पठाउँछन्।
ठूला डिलर भारतमै
लागुऔषध नियन्त्रणका लागि नेपालगन्जमा खटिएको एउटा प्रहरी टोलीले केही समयअघि लागुऔषधको ठूलै कारोबारीलाई पक्राउ गर्ने योजना बनायो।
भारतकै एउटा ठूलो ‘डिलर’लाई हान्ने योजना बनाएको प्रहरीले एजेन्टमार्फत् सम्पर्क पनि बढायो।
करिब एक करोड बराबरको ‘डिल’ पनि भयो। नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडिहामा ‘सामान’ आइरहेको थियो।
तर, प्रहरीभन्दा त्यो डिलरका ‘जासुस’हरू पूरै बजारभरि फैलिएर प्रहरीको योजना फेल गराइदिए।
‘करोडको ब्रिफकेसमा हामीले पैसो पनि देखायौँ। हामीले मुख्य मान्छेसँगै एक्सचेन्ज अफर राख्यौँ। तर, उनीहरूले डिल क्यान्सिल गरे,’ अपरेसनमा गएका एक प्रहरीले भने ‘सामान्य चिया पसले, औषधी पसल वा रिक्सा मजदुर र साइकल चलाउनेहरुलाई नै अहिले एजेन्टको रुपमा प्रयोग गरिएको छ। एकैपटक ठूलो कारबार हुनै सक्दैन।’
अहिले अवस्था अलि फेरिएको छ।
भारतीय लागुऔषध कारोबारी नेपाली भूमिमा आउने हिम्मत गर्दैनन् किनकि लागुऔषधको लागि नेपाली कानुन निकै कडा छ। पच्चीस ग्राममात्रै चरेससहित फेला पर्यो भने कम्तीमा पाँचदेखि दस वर्षसम्म कैदसजाय छ।
सय ग्रामदेखि माथि जतिसुकै कारोबार गरिएको फेला परेमा कम्तीमा पन्ध्रदेखि जन्मकैद गर्नेसम्मको कानुन नेपालमा छ।
‘यो कानुनको डरले पनि भारतीय कारोबारी यहाँ आउने हिम्मत गर्दैनन्। उनीहरू आउँदा एउटा दुइटा पुडिया होइन, धेरै नै लिएर आउने हो,’ उनी भन्छन्, ‘यदि त्यसमा नेपाल पुलिसले समायो भने त सिधै जन्मकैद हुन्छ। लागुऔषधको केसमा नेपाली कानुन निकै कडा छ भनेर उनीहरू आउन मान्दैनन्।’
त्यसैले नाकाका यी साना बजार नेपाली लागु औषध प्रयोगकर्ता र भारतीय कारोबारीको ‘अड्डा’ बनेका छन्।
नेपालगन्ज कारागारमा अहिले १६ जना भारतीय लागुऔषधका कारोबारी थुनिएका छन्। ति सबै नेपाली भूमिबाट समातिएका हुन्। त्यस्तै एकजना बंगलादेशी पनि छन्।
पक्राउ परेका यी भारतीय पनि मुख्य ‘डिलर’ भने होइनन्।
‘तिनको अन्तर्राष्ट्रिय सञ्जाल धेरै ठूलो छ। हामीले धेरै पर पुगेर पक्राउ गर्नसक्ने भनेको रुपैडिहा बजारमात्रै हो। त्योभन्दा पर जान मिल्दैन,’ प्रहरी निरीक्षक थापा भन्छन्।
रुपैडिहा बजारबाटै पनि प्रहरी प्रयास नगरेको होइन। त्यहाँ पनि अहिले अन्तर्देशीय ‘नसा उन्मूलन समिति’ बनाइएको छ। त्यसमा दुवै देशका नागरिक समाज, प्रहरी, पत्रकार तथा स्थानीय बुद्धिजीवी छन्। यही समन्वयको आधारमा ससना कारोबारी पक्राउ पर्छन् तर, मुख्य डिलरसम्म भने प्रहरी पुग्नै सक्दैन।
मुख्य ट्रान्जिट नेपालगन्ज र भैरहवा
अहिले नेपालगन्ज कारागारमा ३ सय ७६ जना लागुऔषध कारोबारका आरोपी छन्। यीमध्ये १६ जना भारतीय १ जना बंगलादेशी र अरु देशभरका करिब २६ जिल्लाका छन्।
सूदूर पूर्वदेखि देशभरका विभिन्न जिल्लाका मानिस नेपालगन्जमा पक्राउ पर्नु भनेको यसलाई ‘ट्रान्जिट’ बनाउन खोजिएको विश्लेषण प्रहरीको छ।
‘खुला सिमाना छ। यहाँबाट लागुऔषध भारत लैजान पनि सजिलो र, उताबाट यता ल्याउन पनि सजिलो हुन्छ,’ प्रहरी निरीक्षक थापा भन्छन् ‘यो भन्दा अझ भैरहवा नाका छ। एउटा पुडिया लिनका लागि काठमाडौँबाट प्लेन चढेर भैरहवा पुग्छन्।’
तीमध्ये सबैभन्दा धेरै १८ देखि २५ वर्ष उमेरसमूहका छन्। यो उमेर समूहका २ सय ५१ जना छन्। यीमध्ये धेरजसो आफैँ प्रयोगकर्ता पनि हुन् र कारोबारी पनि।
‘९९ प्रतिशत लागुऔषध प्रयोगकर्ता आफैमा कारोबार पनि गर्छन्, किनकि उनीहरु आफूले खानका लागि पनि पैसाको जोहो गर्नुपर्छ। एउटा पुडियाबाट ५ हजार आए पनि त्यसबाट उनीहरुलाई कम्तीमा आधा त नाफा नै हुन्छ,’ प्रहरी निरीक्षक थापा भन्छन् ‘यो उमेर समूह सबैभन्दा डरलाग्दो गरी अहिले लागुऔषधको दुव्र्यसनमा फसिरहेको छ।’
रुपन्देही जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७५र७६ मा ३ सय ७१ लागुऔषधका मुद्दा परेका छन्।
खुला सिमाना भएकाले नेपालबाट भारत र भारतबाट नेपालमा लागुऔषधको कारोबार गर्न सहज पनि छ।
तर, भारतीय कारोबारी यति चलाख भइसकेका छन् कि, उनीहरू नेपाली भूमि आउँदैनन्। प्रयोगकर्तालाई भारतीय भूमिमै बोलाउँछन् र, सानोसानो परिणाममा पटकपटक लागुऔषधको ल्याउने, पठाउने काम गर्छन्।
‘लागुऔषध एउटा संगठित अपराध पनि हो। यसलाई अन्तर्देशीय अपराधको रूपमा पनि हामीले हेरेका छौँ। यसको सञ्जाल धेरै ठूलो छ,’ प्रहरी निरीक्षक थापा भन्छन्, ‘खासगरी ब्राउनसुगर, चरेर र मनोद्वीपक औषधी बढी नै कारोबार हुने गरेका छन्।’
लागुऔषधको मात्रा थोरै देखिए पनि यसमा ठूलो संख्याका मानिस जोडिएका हुन्छन्। अनि पटकपटक गर्दा यो धेरै ठूलो कारोबार हुनजान्छ। ससाना पाँच ग्रामभन्दा पनि थोरैका पुडिया हुन्छन्, त्यो पनि कागजमा बेरिएका।
यो परिणामको लागुऔषधलाई कारबाही पनि थोरै नै हुन्छ। समाउन पनि गाह्रो हुन्छ। सामान्य मानिसले नै बोकेर ल्याउँछन्। प्रहरीलाई चेकजाँच गर्न पनि गाह्रो हुन्छ।
‘यसमा सामान्य मानिसको प्रयोग गरिन्छ। तर, सञ्जाल भने ठूलो बनाइएको छ, लागुऔषध नियन्त्रणका लागि यो अहिलेको सबैभन्दा ठूलो र नयाँ चुनौती पनि हो,’ थापा भन्छन् ‘अब पहिलाको जस्तो ठूलो परिणाममा कारोबार हुँदैन। तर, पटकपटक गरेर, धेरै मानिसहरू प्रयोग गरेर त्यो व्यापारलाई अझैँ ठूलो बनाइएको छ।’नेपालन्यूजबाट।