डुडुवा गाउँपालिकाले डेंगु संक्रमणबाट बच्न सुरु गर्यो औषधी छराई अभियान
प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार ०८:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा गाउँपालिका/ बाँके । बाँकेमा पनि डेंगुको संक्रमण देखिएपछि स्थानिय तहले सतर्कता अपनाउन सुरु गरेका छन् । स्थानीय तह मध्य डुडुवा गाउँपालिकाले डेंगु नियन्त्रणका लागि गाउँपालिका भित्र पर्ने टोल टोली र गाउँहरुमा डेंगुबाट बच्न किटनाशक औषधि छर्ने कार्यको शुरूवात गरेको छ । गाउँपालिकाले वडा नम्बर १,४,५ र ६ मा औषधी छर्ने कार्य सकेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने,”डेंगुबाट बच्न गाउँपालिकाले यो अभियान थालनी गरेको छ, आशा छ यसबाट संक्रमण हुँदैन होला।” अब बाकी रहेका वडामा समेत आजै औषधी छर्ने अध्यक्षले बताए।गाउँपालिकाबासीले अध्यक्ष चौधरीले गरेको यो कार्य प्रती खुशी जताएका छन् । ल बाँकेका बिभिन्न अस्पतालमा बर्तमान समयमा उपचारत २३ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ । देशभर डेंगुको संक्रमण देखिरहेका बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको हो ।
Advertisement