मन्त्री राईले गर्न लागेको ल्याण्डफिल उद्घाटनमा कांग्रेस जनप्रतिनिधीद्वारा बहिस्कार "वडा अध्यक्ष सफिक बेहनाद्वारा समेत उद्घाटन कार्यक्रम बहिस्कार "
"वडा अध्यक्ष सफिक बेहनाद्वारा समेत उद्घाटन कार्यक्रम बहिस्कार "
प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार ११:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जको ल्याण्डफिल साइटको शहरी बिकास मन्त्री मो. इस्तियाक राइ द्वारा उद्घाटन हुने कार्यक्रममा नेपाली कांग्रेस आबद्द जनप्रतिनिधिहरुले बहिस्कार गर्दैछन् ।नेपालगञ्जको हिरमिनिया बनेको ल्याण्डफिल साइटको उद्घाटन गर्ने मन्त्रीको एकल निर्णयको विषयमा चर्को विवाद भएको छ।
Advertisement
यसअघिको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्ने निर्णय गरेको थियो।मन्त्री राईले मेयरसँग संयुक्त उद्घाटन गर्न नमानेपछि बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा चर्काचर्की भएको हो।
शहरी विकास मन्त्रीले मात्रै उद्घाटन गर्ने भए ‘कार्यक्रम नै बहिष्कार’ गर्नेसम्मको छलफल भएपनि अन्तिममा मेयर राणा लचिलो भएका थिए। मेयर राणाले उद्घाटन कसले गर्ने भन्ने विषयमा अल्झिनु नहुने बताएपछि चर्काचर्की साम्य भएको हो। तर कांग्रेस जनप्रतिनिधिहरुले मन्त्रीद्वारा उद्घाटन हुनु हुदैन् भनेर चर्को बिरोध गरेका छन् । वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र शाहले ल्याण्डफिल साइटको उद्घाटन कार्यक्रममा ‘मन लागेका अरु जनप्रतिनिधिहरु जान सक्छन् तर हाम्रो पार्टी सम्बद्ध कुनै जनप्रतिनिधि नजाने बताउनु भयो।
“नेपालगञ्ज उपमहानगरपालिकाको हरेक कुरामा मन्त्री राईले असहयोग गरेका कारण जानु हुँदैन भन्ने हो, पहिला मेयर साब बाट उद्घाटन गर्ने कुरा भएको हो तर अहिले आएर मन्त्रीको एकल निर्णय गलत भएको हुँदा मेरो नि बहिस्कार कार्यक्रम रहेको छ। उपमहानगरको कुरामा मन्त्रीले यस्तो निर्णय गर्दा सोझै बहिस्कार गर्दछु,” वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बताउनु भयो। अध्यक्ष बेहनाले बोर्ड बैठकमा समेत मन्त्री राईद्वाराउद्घाटन गर्नु हुदैन् भनेर चर्को बिरोध गर्नु भएको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले उपमहानगरपालिकाको यसअघिको बोर्ड बैठकले मन्त्री र मेयरले संयुक्त उद्घाटन गर्ने निर्णय गरेकाले केहीबेर छलफल भएपनि अन्तिममा मन्त्रीले मात्रै उद्घाटन गर्ने र मेयर विशिष्ट अतिथि हुने गरी कार्यक्रम तालिका बनाइएको बताए।
‘नेपालगञ्ज निवासी मन्त्री राई र मेयर राणा दुवै विकासप्रेमी हुनुहुन्छ, उहाँहरुलाई मिलाएर हामीले विकासमा फाइदा लिनुपर्छ’, प्रवक्ता रिजालले भने, ‘शिलालेखमा कसको नाम लेख्ने विषयलाई ठूलो कुरा बनाउनु हुँदैन।’
नेपालगञ्ज उपमहानगरपालिकाले जग्गा खोज्नेदेखि किन्ने र विवाद मिलाउने काम गरेको हुनाले आफ्नो ‘उपस्थिति’ देखाउन खोजेको हो।उपमहानगरपालिका स्रोतका अनुसार, मन्त्री राईले संयुक्त रुपमा उद्घाटन गर्न मानिदिएको भए विवाद नै आउँदैनथ्यो। मर्यादाक्रमका हिसावले मन्त्री राईले मेयरसँग संयुक्त उद्घाटन गर्न मानेनन्।
तस्बिरमा वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र शाह र वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना ।