आक्रमणको बिरोधमा कांग्रेसले आन्दोलन गर्दै, तीनजना पक्राउ
प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार ११:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।
Advertisement
उक्त कार्यक्रमलाई प्रमुख अतिथी ९केद्रिय प्रतिनिधी० बिद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला नेपाल कम्यूनिष्ट पार्टी९नेकपा०का स्थानीय नेता एवम् खजुरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, ‘लोके’ भन्ने लोकबहादुर शाही समेत व्यक्तिले ज्यानै मार्ने नियतले सामुहिक आक्रमण गरी सांघातिक आक्रमण गरेको कांग्रेसले जनाएको छ।
‘मुलुकको प्रमुख प्रतिपक्ष दलको राष्ट्रिय अभियानको कार्यक्रमलाई विथोल्ने बद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधिक चरित्रका उल्लेखित व्यक्तीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुको जिउ, धनको रक्षागर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ कांग्रेस सभापति कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘उल्लेखित दोषीहरु उपर कार्बाही नभएको खण्डमा पार्टीले कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्यहुनेछ ।’
घटनाको बिरोध तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दैै बाँके कांग्रेसले आन्दोलन घोषणा गरेको हो। कांग्रेस जिल्ला सदस्य सुधान्सु कोइरालाका अनुसार शुक्रबार बिहान १० बजे पार्टी कार्यालयबाट विरोध प्रर्दशन हुँदैछ। ‘नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र सरकारको अराजकता तथा तानाशाहविरुद्ध हामी जनजागरण कार्यक्रमलाई छाडेर सडकमा उत्रिन बाध्य भएका छौं,’ सदस्य कोईरालाले भने ‘विरोध प्रर्दशनमा कार्यकर्ता, शुभचिन्तक तथा आम सर्र्वसाधारणलाई आव्हान पनि गरेका छौं।’ आक्रमणमा संलग्नविरुद्ध शुक्रबार प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइने पनि उनले बताए। कांग्रेसले उक्त घटनाबाट विचलित नहुन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ। घटनाबारे प्रहरी, प्रशासनलाई समयमै जानकारी गराउँदापनि मुखदर्शक बन्नुले सरकार र सत्तारुढ दल नेकपाले नियोजित रुपमा जनजागरण भाँड्न खोजेको प्रष्ट देखिएको कांग्रेसको ठहर छ।
बाँके कांग्रेसले बिहीबार बेलुका नै स्थानीय प्रशासनलाई समेत ज्ञापन पत्र बुझाएर दोषीहरु उपर कडा कारबाही गर्न माग गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई बुझाइएको उक्त ज्ञापन पत्रमा दोषी उपर कारबाही नभएको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। ‘नेपाली कांग्रेसका नेता र कार्यकर्ताको जिउधनको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ।
यस्तै नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि विज्ञप्तीमार्फत घटनाको घोर निन्दा र भत्र्सना गरेका छन्। ‘सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रमगर्न पाउने संविधान प्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ,’ विज्ञप्तीमा भनिएको छ ‘भविष्यमा यस्ता घटनाहरु पुनःनदोहो(याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनीदिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुतहुन समेत आग्रह गर्दछ।’ घटनाको चौतर्फी रुपमा बिरोध तथा भत्र्सना गरिएको छ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्नहरु मध्ये ३ जनालाई पक्राउ गरिएको जनाएको छ। राति करिव साढे १२ बजेतिर ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख९एसपी० वीरबहादुर ओलीले जानकारी दिए। घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका भनिएका अन्य व्यक्तिहरु भने अझै पक्राउ परेका छैनन्। नागरिक दैनिकबाट।