नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको शहरी विकास मन्त्री राईद्वारा उद्घाटन
प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार १८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(नरैनापुर) बाँके। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई हुलाकी सहरका रुपमा विकास गरिने बताउनुभएको छ। बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज(शुक्रबार) उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी सहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताउनुभयो ।
Advertisement
गएको आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्षभित्र सबै घरलाई फुसरहित बनाइने बताउनुभयो । आफूलाई पहिलोपटक २०६४ मा सभासद्का रुपमा निर्वाचित गरेका बघौडाबासीसंग आफ्नो विशेष लगाब रहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, विजुली, सडक लगायतको विकासका लागि आफूले आफ्नो तर्फबाट कुनै कञ्जुस्याईं नगर्ने बताउनुभयो । मन्त्री राईले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने योजना स्विकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा कुनै कमी हुन नदिइने बताउनुभयो। १५ शैयाको अस्पताल बनेपछि नरैनापुरबासीले नेपालगञ्जको मुख ताक्नु नपर्ने मन्त्री राईको भनाई छ । उहाँले सरकारले नरैनापुरलाई जोखिमयुक्त बस्ती घोषणा गरेर काम गर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तबले ढिलै भएपनि सुविधा सम्पन्न अस्पताल निर्माण हुनु बघौडाबासीका लागि खुसीको क्षण भएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको सर्वाङ्गीण विकासका लागि आफू लागिपरेको बताउँदै पिछडिएको क्षेत्रको विकासका लागि संघीय सरकारले कम बजेट दिएको गुनासो गर्दै यथेष्ट बजेट उपलब्ध गराउन मन्त्री राई समक्ष आग्रह गर्नुभयो । ३ करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरस्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २०६८ साल भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि ८ बर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताउनुभयो । भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको बस्नेतले जानकारी
दिनुभयो । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमविविएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।