घटनालाई राजनीतिकरण नगर्न बाँके काँग्रेसलाई नेकपा बाँकेको आग्रह
प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार १८:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेकपा बाँकेले ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न नेपाली काँग्रेस बाँकेलाई आग्रह गरेको छ । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त गरेको छ । नेकपा बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रत असहमति जनाएको छ । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको भन्दै नेकपाले सहकार्यको मुल्य र मान्यतालाई मध्यनजर गर्दै विषयको गाम्भिर्यतालाई आत्मसाथ गर्न नेकपाले आग्रह गरेको छ ।घटना काँग्रेस लक्षित नभएको भन्दै उहाँले काँग्रेसको कार्यक्रममा जानु समर्थकहरुको गलित भएको स्वीकार गर्नुभयो । नेकपा बाँकेका अध्यक्ष खरेल र सचिव कोइरालाले विहान काँग्रेस बाँकेका सभापति किरण कोइरालासँग भेट गरि स्वास्थ्यलाभको कामना गर्नुभएको छ।सोही घटनामा बिहीवार नेपाली कांग्रेस बाँके सभापती किरण कोइरालाको हातनै भाचिएको छ। कांग्रेस बाँके आज नेपालगन्जको बिपि चोकमा एक घन्टा चक्काजाम समेत गरेको छ भने घटनामा सङ्लङ बिरुद्द जिल्ला प्रहरी कार्यालयमा निबेदन दर्ता समेत गराएको छ।
Advertisement