बाँके कांग्रेसद्वारा नेकपाका दश जना कार्यकर्ता बिरुद्ध जिल्ला प्रहरीमा मुद्दा दायर
प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार १९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले शुक्रबार दिउँसो नेपालगन्जमा प्रर्दशनसहित एक घन्टा चक्काजाम गरेको छ । दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए ।आक्रमणबाट सभापति कोईरालाको बायाँ हात भाँच्चिएको छ, भने अन्य ब्यक्तिलाई सामान्य चोट लागेको छ । सोही घटनाको विरोध तथा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दै बाँके कांग्रेसले करिव एक घण्टा सडकमा प्रर्दशन गरेको हो । साथै बिहीवार घटनामा सङ्ल्न भएका दश जना नेकपाका कर्यकर्ताहरु बिरुद्द साङधातिक हमला सम्बन्धि मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता गरेको नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य सुधान्सु कोइरलाले बताए।जनजागरण अभियान अन्तर्गत शुक्रबार हुने भनिएका पुर्वनिर्धारित सबै कार्यक्रम रोकेर कांग्रेसले बिरोध प्रर्दशन तय गरेको थियो ।घाईते सभापति कोइरालाको नेतृत्वमा भएको उक्त प्रर्दशनमा ठुलो संख्यामा कांग्रेस कार्यकर्ताहरु सहभागी भएका थिए । नेपाली कांग्रेस बाँकेको कार्यालय सुर्खेतरोडबाट सुरु भएको प्रर्दशन विपी चोकसम्म पुगेको थियो। आक्रोशित कांग्रेस नेता, कार्यकर्ताले करिव एक घण्टासम्म सडक अवरुद्ध गर्नुका साथै टायर बालेर नाराबाजी गरेका थिए। यस्त्तै घटनामा सङल्गन जो कोहि भएपनि कसैलाई नछाड्न नेेेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जिल्ला प्रहरी कार्यालय बाँकेलाई आग्रह गरेेेका छन् । यदि प्रहरीले यो घटनालाई सामन्य लिए परिणाम नराम्रो हुने अध्यक्ष शाहले बताए।
Advertisement