बिप्लब समुहका बर्दिया जिल्ला ईन्चार्जसहित बिद्यार्थी नेता पक्राउ
प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार २२:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बर्दिया।बम बिस्फोटनको घटनामा संलग्न भएको अभियोगमा बर्दिया प्रहरीले बिप्लव निकट माओवादीका बर्दिया जिल्ला इन्चार्ज सहित विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जोशीपुर गाँउपालिका वडा नं.१ बस्ने बर्ष २३ को लोकेश जोशी र अछाम पंचदेवल बिनायक नगरपालिका वडा नं.४ बस्ने बर्ष ३८ कि मिना चलाउने भन्ने मिना देबी धामी रहेका छन ।जोशी अखिलक्रान्तिकारी (बिप्लव समुह) को केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष र धामी (बिप्लब पार्टिकी बर्दिया जिल्ला ईन्चार्ज) रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला बताए ।उनीहरु माथि गत असार १० गते गुलरिया नगरपालिका वडा नं.७ स्थित गुलरिया राजापुर सडक खण्डको बिच भागमा लुकाई राखेको २.५ लिटरको प्रेसर कुकरमा निलो पोलोथिनले बेरेको प्रेसर कुकर बम राखेको आरोप लागेको छ। शंकास्पद बस्तु राखिएको थाहा पाएपछी डिउटी चेकजाँचको लागी खटिएको प्रहरी टोलीले उक्त बस्तु फेला पारी डिस्पोजको लागी नेपाली सेनाको भैरव प्रसाद गणसँग समन्वय गरी सुरक्षित डिस्पोज गरिएको थियो ।उनीहरुलाई बिहिवार साँझ माछागढ स्थित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनिहरु माथि बिष्फोटक पदार्थ (प्रेसर कुकर बम) सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक बास्तोलाले बताए ।काँचुुुलीखबरबाट।
Advertisement