कांग्रेसमाथि आक्रमण गर्नेलाई कारबाही नभए संसद्मा हंगामा हुन्छ : सभापति देउबा
प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार १७:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले बाँकेमा कांग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताउनुभएको छ।
Advertisement
नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसद्मा हंगामा गर्ने चेतावनी दिनुभयो । ‘जबसम्म गुण्डा नाइकेहरुमाथि कारबाही हुँदैन…तबसम्म हामीले आन्दोलन गरिरहन्छौं, लोकतन्त्रमा बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्ने सरकार विरुद्ध हामी कडा रुपमा प्रस्तुत हुन्छौं, सभापति देउवाले भन्नभयो । उहाँले शान्तिपूर्ण तरिकाले आफ्नो कार्यक्रम गरिरहेका बेला पार्टी सभापति सहित अन्य नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो । जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको टिप्पणी गर्दै उहाँले जनताको करले पालिएको प्रहरी कुनै अमुक पार्टीको निर्देशनमा हिंड्नु घोर आपत्तिजनक भएको बताउनुभयो । भ्रष्टाचार विरुद्ध बोल्दा कांग्रेस नेता कार्यकर्ता कुटिनु लज्जाको विषय भएको देउबाको टिप्पणी छ ।
केन्द्रिय सदस्य किशोरसिंह राठोरले कांग्रेसले यो घटनाको डटेर सामना गर्ने बताउनुभयो । उहाँले सरकारले यो घटनालाई गम्भीरतापूर्वक नलिए देशैभर आन्दोलन गर्ने चेतावनी दिनुभयो । सरकारले लोकतान्त्रिक मूल्य मान्यतामाथि हमला गरिरहेको राठोरको भनाई छ । बाँके पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जनजागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि विद्या प्रसाद खनाल, पूर्व जिल्ला पार्टी सभापति युवराज शर्मा, पूर्व सांसद् राजु खनाल, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, जिल्ला कार्यसमिति सदस्य माया पुन लगायतले खजुराको सीतापुरमा पार्टी सभापतिको हात भाँचिने गरी भएको घटनाका दोषीलाई कडा कारबाही नगरे कांग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभएको थियो ।
त्यस क्रममा साविकको खजुराखुर्द गाविसका पूर्व प्रधान एवम् राप्रपा जिल्ला सदस्य दयाराम यादब कांग्रेसमा प्रबेश गर्नुभएको थियो । आजै दिउँसो कांग्रेसले विपी चोकमा मैनबत्ती बालेर सरकार, सत्तारुढ दल नेकपा र प्रहरी प्रशासन विरुद्ध सांकेतिक विरोध गरेको छ । दिउँसै अन्धकार पारेर जनतामा भ्रम छर्ने तथा राजनीतिक घटनालाई व्यक्तिगत भन्दै आफ्नो अराजक क्रियाकलापको बचाउ गर्नेहरुलाई दिउँसै मैनबत्ती बालेर उज्यालो देखाएको कांग्रेसले जनाएको छ ।