नेपाल तरुण दल महासचिव भुपेन्द्रजंग शाही पदमुक्त "अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही : अध्यक्ष बस्नेत "
"अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही : अध्यक्ष बस्नेत "
प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार १८:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । आन्तरिक विवादमा फसेको नेपाल तरुण दलमा अध्यक्षले महासचिवलाई पदमुक्त गरेको पत्र दिएका छन् । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएका हुन् ।
Advertisement
अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।
पार्टी सभापतिलाई बोधार्थ दिँदै शाहीलाई पठाएको पत्रमा बस्नेतले पार्टी र तरुण दलको आदर्श एवं सिद्धान्तविपरित गई अनुशासनहीन कार्य गरेको हुँदा दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार संगठनको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको उल्लेख छ।
तरुण दलका चार पदाधिकारी चयन भएको मंसिरमा ३ वर्ष पुग्दैछ। तर, केन्द्रीय कार्यसमिति विस्तार हुन सकेको छैन। ९५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन भएका थिए। दुई सचिव र केन्द्रीय सदस्य अझै छानिएका छैनन्।
अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निटक हुन् भने महासचिव शाही रामचन्द्र पौडेल समूहका हुन् ।