कम्युनिस्टहरू हत्याहिंसाको राजनीतिको शुरूवात गर्दै छन् : दीपक गिरी
प्रकाशित मिति : २०७६, २८ भाद्र शनिबार २१:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुल्सीपुर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्टहरूले राष्ट्रिय रूपमा हत्या – हिंसाको राजनीति शुरूवात गर्न लागकोले अब जनताले प्रतिकार गर्नु पर्ने बताउनु भएको छ ।
Advertisement
आज दाङको तुल्सीपुरमा ” जननायक विपी कोईरालाको सालीक अनावरण ” कार्यक्रमलाई संवोधन गर्दै गिरीले नेपालको राष्ट्रियता र जनताको सुरक्षा , देश विकास गर्ने , शान्तिसुरक्षा कायम गर्ने नेपाली काँग्रेस भएको र कम्युनिस्टहरू राष्ट्रिय रूपमै हत्याको राजनीति शुरुआत गर्न लागेको बताउनु भएको हो । ” कम्युनिस्टहरूले हत्याको राजनीति शुरुवात गर्दैछन् । अस्ति भर्खरै यहि थलोमा एकजना युवकको हत्या गरियो । घोराहीमा ।रजिस्ट्रारमाथि हातपात भयो , बाँकेमा काँग्रेसको शान्तिपूर्ण कार्यक्रममा आक्रमण गरियो, कञ्चनपुरका निर्मला पन्तको बलत्कार गरि हत्या गरियो । अब देशव्यापी रूपमा राष्ट्रियता , स्वाधीनता र मानवअधिकारको लागि आम नागरिक कम्युनिस्टहरूको ज्यादतीको खिलापमा प्रतिकार गर्ने बेला आयो “- गिरीले भन्नू भयो ।