बाल दिवसमा नरैनापुरका अध्यक्षद्वारा कक्षा ११ का विद्यार्थीलाई पोशाक सहयोग
प्रकाशित मिति : २०७६, २९ भाद्र आईतवार २०:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके)।बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । वडा नम्बर ६ गंगापुरस्थित जय किसान माविमा बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । बाल दिवसका अवसरमा विद्यालय प्रांगणमा १५ सय विरुवा रोप्ने कार्यको आज (आइतबार) शुभारम्भ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रमको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गर्नुभयो । त्यस्तै बाल दिवसका अवसरमा विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष शाहले आफ्नो व्यक्तिगत तर्फबाट कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक पनि वितरण गर्नुभएको यादवले जानकारी दिनुभयो । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले बाल अधिकारको रक्षाका लागि सबैभन्दा पहिले अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्ने बताउनुभयो । बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै उहाँले बालबालिकाको सर्बाङ्गीण विकासमा आफू दत्तचित्त भएर लाग्ने बताउनुभयो । त्यस अवसरमा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तब, महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्द, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्र लगायतको उपस्थिति थियो ।
Advertisement