इन्द्रेणी फिजीयोकेयरले नेपालगञ्जमा विशेष सेवासहितको सुविधा प्रदान गर्दै
प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार १५:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज सुर्खेतरोडस्थित इन्दे्रणी फिजीयोकेयर एण्ड ल्याब्रोटरी सेन्टरले विशेष सेवासहितका सुविधा प्रदान गर्ने भएको छ । एउटै छानामुनी विशेषज्ञ चिकीत्सकद्धारा उचित स्वास्थ्य परामर्श तथा परिक्षण र ल्याव परिक्षण लगायतका सेवा दिइने भएको छ । सेवा प्रारम्भ गरेको अवसरमा असोज ५ गते सम्म सबैका लागि निशुल्क सुगर जाँच तथा ब्लड गु्रप जाँच गरिने छ । जेष्ठ नागरिक, विद्यार्थी र पत्रकारहरुका लागि दशैंसम्म सुगर जाँच तथा ब्लड गु्रप जाँचमा ५० प्रतिशत छुट दिइने सेन्टरका सञ्चालक शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । जटील खालका रोगको पहिचान र निदानका लागि काठमाडौंका विशेषज्ञ चिकीत्सकद्धारा नियमित स्वास्थ्य परामर्श उपलव्ध गराइनुुका साथै ग्रामिण क्षेत्रमा स्वास्थ्य शिवीर समेत सञ्चालन गरिने चौलागाईले बताउनु भयो । समयमै निशुल्क स्वास्थ्य सेवा तथा गुणस्तरीय ल्याव परिक्षण सेवा लिई स्वाथ्यलाभ लिन हुन आम समुदायमा सेन्टरले अपील गरेको छ।
Advertisement