खजुरा घटनाको बिरोधमा सितापुर कांग्रेस गाउँ इकाइ समितीले निकाल्यो बिज्ञप्त्ति
प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलवार १०:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सितापुर/ बाँके । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिकाको सितापुर गाउँ इकाइ कार्य समितीले सितापुर घटनाका दोषीलाई अबिलम्ब कारबाहीको माग गर्दै बिज्ञप्त्ति जारी गरेको छ। गत बिहिवार बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै सितापुर कांग्रेस गाउँकार्य समितीले बिज्ञप्त्ति जारी गरेको हो। खजुरा वडा नम्बर २ गाउँ इकाइ सम्योजक राम बहादुर महतराद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही नगरिएको प्रति दुख प्रकट गरेको छ।बाँके क्षेत्र नम्बर ३ ख को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो नेकपाका कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो। सोहि कारणले नेपाली कांग्रेसले देशै भर आन्दोलनको घोषणा गरेको छ।
Advertisement