बाँकेमा कांग्रेसको जागरण सभा समापन वृहत बनाईने
प्रकाशित मिति : २०७६, ५ आश्विन आईतवार १७:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भव्यताका साथ समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम असोज ७ गते वृहत ¥यालीसहित त्रिभुवन चौकमा सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि परिचालन गरिएको कांग्रेस सभापति किरण कोइरालाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा जिल्लाका सबै नेता कार्यकर्तालाई अनिबार्य उपस्तिथिका लागि सभापति कोइरालाले निर्देशन समेत दिनुभएको छ।कांग्रेस बाँकेले जनजागरण कार्यक्रम गरिरहेका बेला खजुराको सीतापुरमा कांग्रेस सभापति किरण कोइरालामाथि सांघातिक आक्रमण भएको थियो । सोघटनाको समेत बिरोध गरिने भएको छ।
Advertisement