स्थानीय र प्रादेशिक आर्थिक विकास परियोजना कार्यान्वयनमा
प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार १६:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरु बीच सोमबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । जर्मन विकास नियोग(जिआईजेड)ले नेपालगञ्ज उपमहानगरपालिकामा संचालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम सन २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चारक्षेत्रमा विशेष प्राथमिकता दिएको भन्दै नयाँ कार्यक्रमले गाउँ र शहरलाई जोड्ने बताउनुभयो । नेपालगञ्जमा आर्थिक विकास र पर्यटकीय विकासका लागि यो कार्यक्रम प्रभावकारी हुनेछ, प्रमुख डा. राणाले भन्नुभयो,– यसले गाउँनगरलाई जोड्दै ब्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।प्रदेशसभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले सरकार र जनताको आवश्यकता अनुसार दातृ निकायका कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको काममा विरोध भन्दा पनि सामुहिक सहयोग आवश्यक पर्ने बताउनुभयो । जिआईजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले यो कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकाले लाभ लिन सक्ने बताउनुभयो । उपमहानगरपालिकाले कार्यक्रम संचालनका लागि प्राथमिकता तोकेपछि जिआईजेडले कार्यक्रम र वजेटबाट निर्णय गर्नेछ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का,जिआईजेडका रोशन श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल ब्यवसायी संघ नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
Advertisement