डेंगुबाट नेपालगञ्जमा उपचार गराइरहेका बर्दियाका एकजनाको मृत्यु
प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलवार २०:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बाँकेमा उपचारत एक जनाको डेंगुबाट मृत्यु भएको छ। नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ३४ बर्षीय ज्ञानु चौधरीको डेंगुबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। चौधरीको गत भदौ २५ गते नै मृत्यु भएको थियो । साउनदेखि हालसम्म ६२ जना डेंगु संक्रमितले बाँकेमा रहेका विभिन्न अस्पतालहरुमा उपचार गराएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्शन दुर्गा गौतमले जानकारी दिनुभयो । ६२ जना संक्रमित मध्ये एकजनाको मृत्यु भएको, ४१ जना उपचारपछि घर फर्किएको र २० जनाको अहिले भेरी अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको
छ ।
Advertisement