नेपालगञ्जको शान्ति चामल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना
प्रकाशित मिति : २०७६, ८ आश्विन बुधबार १७:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जको शान्ति चामल उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज नेपालगञ्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै तत्कालका लागि पचास हजार रुपैयाँ जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डस्ट्रिजद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोबार गर्न सात दिनको म्याद दिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
Advertisement