योगिनी कपको खेल तालिका सार्वजनिक "उद्घाटनमा आयोजक र नेपालगन्ज बहुमुखी क्याम्पसले प्रतिस्पर्धा गर्ने "
"उद्घाटनमा आयोजक र नेपालगन्ज बहुमुखी क्याम्पसले प्रतिस्पर्धा गर्ने "
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार ०७:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । असोज ११ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक योगिनी–११ को ‘ए’ टिम र नेपालगन्ज बहुमुखी क्याम्पस प्रालीले प्रतिस्पर्धा गर्ने भएका छन ।
खजुरा गाउँपालिका, २ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरि ८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन ।
बुधबार प्रतियोगिताका सहभागी टिम प्रतिनिधीहरुको उपस्थितीमा खेल तालिका सार्वजनिक गरिएको थियो । जस अन्तर्गत प्रतियोगिताको समुह ‘ए’ मा चन्द्र ज्योति युवा क्लब एलगाउँ, युथ युनियन क्लब ए गाउँ, मोर्डन टिम सी गाउँ र योङ स्टार राईडर जमुनी बर्दिया क्लब रहेका छन । यसैगरी प्रतियोगिताको समुहमा ‘बी’ मा नेपालगन्ज बहुमुखी क्याम्पस प्राली, आयोजक योगिनी ११ ‘ए’, न्यु डाँफे स्पोर्टस क्लब डि गाउँ र योगिनी ‘बी’ टिमले खेल्ने भएको आयोजक सहयोगी आवाज(हिभ) नेपालले बताएको छ । प्रतियोगितालाई मर्यादित र अनुशासित रुपमा गर्नको लागि निस्पक्ष रुपमा ड्र मार्फत खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिताका संयोजक तरिन्द्र बहादुर थापाले बताउनु भयो । थापाले भन्नु भयो,‘हामी खुसी छौं सबैको सहयोगले उत्साह जनक रुपमा गाउँमा फुटबलको प्रतियोगिता हुदैछ । यसले ग्रामिण क्षेत्रका युवालाई खेलमा लाग्न प्रेरित गर्ने विश्वास लिएका छौं । प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।’
यसैगरी बुधबार आयोजक योगिनी–११ को ‘ए’ टिमलाई सिजी ग्रुप (नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले जर्सी प्रायोजन गर्नु भएको छ । प्रतियोगिता हुने स्थान योगिनी माविको खेल मैदानमा पुगेर म्यानेजर निरौलाले स्थानीय खेलाडीलाई जर्सी प्रदान गर्नु भएको प्रतियोगिताका संयोजक थापाले बताउनु भयो । म्यानेजर निरौलाले आयोजक योगिनी टिमका म्यानेजर जयराम थापा, प्रशिक्षक बुद्धिराम महतो र कप्तान नविन थापा मगरलाई जर्सी हस्तान्त्रण गर्नु भएको थियो । स्थानीय स्तरमा भएको प्रतियोगितामा सहयोग गर्न पाउँदा खुसी महशुस भएको चौधरी ग्रुप(नेपाल) प्रालीका म्यानेजर निरौलाले बताउनु भयो । उहाँले भन्नु भयो, ‘खजुरा क्षेत्र फुटबलमात्र होइन खेल क्षेत्रमै अगाडी भएको ठाउँ हो । यहाँबाट सयौं खेलाडीले राष्ट्रिय स्तरमा पहिचान बनाएका छन । तर अहिले त्यो अवस्था छैन । गाउँघरका भाइहरुलाई खेलकुदमा पुन सक्रिय हुन मेरो सधै सहयोग रहनेछ ।’
नेपाल आइसले मुख्य प्रायोजन गरेको योगिनी कपलाई बाँके जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । असोज १७ गते सम्म योगिनी उच्च माविको खेल मैदानमा चल्ने प्रतियोगितामा प्रथम हुने टीमलाई ५० हजार, दोस्रो हुने हुनेलाई २५ हजार प्रदान गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाई समान ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक तरिन्द्र बहादुर थापाले बताउनु भयो ।
Advertisement