चाडँ पर्बलाई लक्षित गर्दै बाँकेमा बिशेष सुरक्षा योजना सार्बजनिक
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार १३:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । बाँकेमा बिशेष सुरक्षा योजना बनाएको छ। नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गरी बाँकेमा ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ ।सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताए।चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरिने उनले जानकारी दिए । भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाक समेत प्रहरी परिचालन गरी निगरानी गरिने छ ।‘बाँके, महेन्द्र तथा रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने छ’ उनले भने, ‘प्रत्येक एरियामा दैनिक चार पटक मापसे चेकिङ हुन्छ ।’ नेपालगन्ज कोहलपुर र खजुरा क्षेत्रबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने प्रहरी निरीक्षक बम बताए ।मापसे चेकिङको लागि केन्द्रबाट समेत निर्देशन आइसकेको,उनले भने ‘शहरमा मात्र सीमित नभएर नाका र गाउँमा समेत मापसे चेकिङ हुन्छ ।’ ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट हेरिने उल्लेख छ ।दुई जना चालक भए नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिने छ । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दर रेट टाँस गर्ने र अनिवार्य गराउने उनकोे दावी छ । मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने भएको छ ।नाका, व्यापारिक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने छ । बमका अनुसार सबै स्थानमा नियमित ड्युटीका लागि दशै अवधीभर ६५ जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी खटिने छन् ।चाडपर्वको समयमा आबश्यकताअनुसार अतिरिक्त थप प्रहरी खटाउन सकिने र यसका लागि प्रहरी जनशक्ति तयारी अवस्थामा रहने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताए।
Advertisement
बाँके भरी ६ स्थानमा यात्रु सहायता कक्ष
प्रहरी निरीक्षक बमका अनुसार बाँकेमा ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । नेपाल भारत सीमा क्षेत्र जमुनाह, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी यात्रु सहायता केन्द्र हुनेछन् ।चप्परगौडी, पुस्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी निरीक्षक बलमे बताए । ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवासयी, उपभोक्ता समूहका प्रतिनिधिहरु ट्राफिक भोलियन्टरको रूपमा नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा खटिने समेत उनले बताए।