नेपालगञ्जमा पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम शुरु
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार १८:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।वास च्याम्पियनका लागि पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । नेपाल सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाईतर्फ उन्मुख गराउने उद्देश्यसहित बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम संचालन गरिएको हो । तालिममा वास च्याम्पियनले गर्नुपर्ने काम, पूर्ण सरसफाई अभियानको प्राथमिकिकरण, प्रभावकारी अभियान, समुदाय बिपद व्यवस्थापनमा वास च्याम्पियनले खेल्ने भूमिका तथा वास अभियानका बिषयमा सहभागिलाई दक्ष बनाइने छ । बाँके र बर्दियामा प्लान इन्टरनेशनल नेपालको सहयोग, स्थानीय निकायको समन्वय तथा सहकार्यमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले तालिमको आयोजना गरेको छ । तालिममा बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ बदालपुर क्षेत्र, वडा नं. ६ मानपुर टपरा क्षेत्रका ९ जना र बाँकेको जानकी गाउँपालिका वडा नं. २ बेलभार तथा वडा नं. ६ गनापुर क्षेत्रबाट गरी ९ जनाको सहभागिता रहेको छ। पूर्ण सरसफाई मार्गदर्शन २०७३ मा पूर्ण सरसफाई समुदाय निर्माणका लागि स्थानीय तह, गाउँपालिका, र नगरपालिकाले बिभिन्न नीति नियमहरु निर्माण गरेर अघि बढ्नुपर्ने उल्लेख छ । हरि सुबेदीले सहजीकरण गरिरहेको तालिममा सहभागि वास च्याम्पियनका लागि यसअघि नेपालगञ्जमा तीन दिने क्षमता अभिबृद्धि तालिम संचालन गरेको थियो । सो तालिममा पूर्ण सरसफाई, वास च्याम्पियन, वास भित्रका सबै पक्षका बारेमा छलफल भएको थियो ।
Advertisement