नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन
प्रकाशित मिति : २०७६, १२ आश्विन आईतवार १३:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। संचालनको क्रममा रहेको नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतम लगायतले उद्घाटन गर्नुभयो ।
यात्रु सहायता कक्षको संचालन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क संचालन गर्न लागिएको भन्दै यातायात ब्यवसायी र आम यात्रुको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । बसपार्क १८ गते संचालन गरिने भएपनि आइतबारदेखि यात्रुबाहक बसहरु बसपार्कभित्र राखिएको छ । आइतबार यात्रुबाहक बसका चालक, सहचालक र यात्रुलाई फुलमालाले सुरक्षित गन्तव्यमा पुग्न शुभकामना सहित विदाई गरिएको थियो भने कार्यक्रमको सन्चालन बाँके ट्राफिक प्रमुख पबिन्द्र बमले गर्नु भएको थियो।
Advertisement