४० हजार घुससहित दुईजना अख्तियारको फन्दामा
प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलवार १६:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कपिलवस्तु ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित दुईजनालाई पक्राउ गरेको छ।कपिलवस्तुको बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लुनिया ४० हजार घुस रकम सहित पक्राउ परेका हुन्।विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागि उनीहरुले घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।मंगलबार बिहान पौने ११ बजेको समयमा उनीहरुलाई चन्द्रौटास्थित एक होटेल अगाडिबाट रंगेहात पक्राउ गरेको भुसालले बताए। पक्राउ परेका दुबै जना सग अनुसन्धान भइरहेको छ।
Advertisement