नेपालगञ्जमा आजदेखि गुडे नगर बस
प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार १७:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्य मन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा सुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिनुभयो । गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण संचालनमा ढिलाई भएको हो । बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ । नगर बस महिला लक्षित कार्यक्रम अन्तर्गत संचालन गर्न लागिएको हो । तीन करोड ४५ लाख रुपियामा सात वटा बस खरिद गरेको हो ।
Advertisement