मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन "मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जमा भइरहेको विकासको मुक्तकण्ठले प्रशंसा "
"मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जमा भइरहेको विकासको मुक्तकण्ठले प्रशंसा "
प्रकाशित मिति : २०७६, १८ आश्विन शनिबार १५:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जले गरिरहेको विकासको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । आज नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि आइसकेपछि नेपालगन्जले पकडेको विकासको लयदेखि आफू खुसी भएको बताउनुभयो ।
Advertisement
‘केही भएको छैन भन्ने मनोगत व्याख्या नगरौं, नेपालगन्जको विकास निकै दु्रत गतिमा भइरहेको छ, दुई बर्ष अघिको नेपालगन्ज र अहिलेको नेपालगन्जमा निकै फरक भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘निराशाबादी नबनौं….मुलुकका अन्य स्थानीय सरकार भन्दा नेपालगन्जको विकासको गति राम्रो छ, आशाबादी बनेर अघि बढौं ।’ उहाँले नेपालगन्ज ऐतिहासिक सहर भएको स्मरण गर्दै भन्नुभयो, ‘नेपालगन्ज यस्तो ठाउँ हो जहाँ सरकारी कार्यालयले सहर बनाएको होइन, सहरले कार्यालय ल्याएको हो ।’ मुख्यमन्त्री पोखरेलले नयाँ उद्योग स्थापनाको हिसाबले नेपालगन्ज कोहलपुर औद्योगिक करिडोर मुलुकमै सबैभन्दा तीब्र गतिमा उद्योगहरु स्थापना भइरहेको करिडोर भएको बताउनुभयो । उहाँले राजधानले मात्रै सबै कुरा हुन्छ भन्ने सोचाई नराख्न आग्रह गर्दै भन्नुभयो, ‘प्रदेश ५ का विभिन्न सहरहरुलाई दिल्ली, कोलकाता र मुम्बई बनाउन सकिन्छ, विकास कुनै एक ठाउँमा मात्रै हुँदैन, सबै क्षेत्रको विभिन्न किसिमले विकास गर्न सकिन्छ ।’ उहाँले प्रदेश ५ का पालिकाहरु मुलुकका अन्य प्रदेशका पालिका भन्दा बजेट खर्च गर्ने क्षमतामा अगाडि देखिएको बताउँदै भन्नुभयो, ‘केन्द्र र प्रदेशले बजेट खन्याइदिएर मात्र हुँदैन, आएको बजेटको खर्च गर्न सक्नुपर्दछ, जुन मामिलामा नेपालगन्ज निकै अगाडि देखिएको छ ।’ ‘धवलजीको नेतृत्वमा जसरी नेपालगन्ज पल पल बदलीरहेको छ, मुलुक पनि त्यसरी नै बदलिन्छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले व्यवस्थित सहरी यातायात प्रणालीको विकासका लागि नेपालगन्ज उपमहानगरपालिकाले नगर बस सेवा प्रारम्भ गरेर उदाहरणीय काम गरेको बताउँदै नगर बस सञ्चालन महानगरको भावना जागृत गर्ने सन्देश भएको उल्लेख गर्नुभयो । उहाँले यो आयोजनाका लागि प्रदेश सरकारले ‘टोकन सहयोग’ गर्ने घोषणा समेत गर्नुभयो । उहाँले खजुरा कोहलपुरलाई पनि वैकल्पिक औद्योगिक करिडोरको रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको बताउनुभयो ।
मेयर धवल शमशेर राणाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद् आइपी खरेल, खजुरा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष एकमाया विक, राप्रपाका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उपमेयर उमा थापा मगरले स्वागत मन्तब्य ब्यक्त गर्दै ४ विगाहा १० कट्ठामा फैलिएको नेपालगन्जको आधुनिक बसपार्क १६ करोड १६ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । युनाइटेड विल्डर्सले निर्माण गरेको बसपार्कमा १ सय २३ वटा ठूला बस र ५६ वटा साना हाइस बस अट्न सक्ने क्षमता छ । ६६ वटा व्यापारिक सटर रहेको बसपार्कमा स्तनपान कक्ष, प्राथमिक उपचार कक्ष, पोष्टल रुम, प्रहरी सहायता कक्ष, कन्ट्रोल रुम, १६ वटा काउण्टर र कार्यालय कक्ष समेत रहेको उपमेयर थापाले जानकारी दिनुभयो । बसपार्क उद्घाटन कार्यक्रममा नेपाालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना, १३ का अध्यक्ष बिरेन्द्र शाह , १२ का अध्यक्ष बुुद्धिसागर सुुवेदी लगायतको उपस्थिति रहेको थियो।